Logo जेठ ३०, २०७८ आइतबार


प्रदेशसभामा चुरे संरक्षणका निम्ति प्रदेश सरकारको धारणा माग

विराटनगर । बुधबार प्रदेश १ प्रदेशसभा बैठकको सुन्य समयमा प्रदेशसभा सदस्यहरुले चुरे क्षेत्रको ढुंगागिटी बेच्ने संघीय सरकारको योजनाको विरोध गरेका छन् । संसदहरुले भारतलाई खुसी बनाउन प्राकृतिक सम्पदा दोहन गर्ने योजना सत्ता रक्षाको लागि भएको भन्दै संघीय सरकारले गरेको निर्णयको विरोध गरेका हुन् ।

प्रदेशसभा सदस्य हिमाल कार्कीले संघीय सरकारले अध्यादेश मार्फत ल्याएको बजेटमा प्राकृतिक सम्पदाहरु दोहन गर्ने र खानीजन्य पदार्थहरु उत्खनन गर्ने बिषय राखेर बजेट घाटा न्युनीकरण गर्ने बताएको भन्दै तराईका अधिकांश भुमिहरु मरुभुमिका परिणत हुने संकेत देखिएको बताउनु भयो । उहाँले चुरे संरक्षणका निम्ति प्रदेश सरकारको धारणा के हो स्पष्ट हुनुपर्ने बताउनु भएको थियो ।

प्रदेशसभा सदस्य कल्पनाकुमारी सरदारले कोेरोना महामारीले प्रभावित दैनिक ज्यालादारीमा काम गर्ने नागरिकहरुलाई राहत प्याकेज उपलब्ध गराउनुपर्ने बताउँदै कोरोना महामारीका कारण दैनिक ज्यालादारीमा काम गर्ने गरिब तथा विपन्न वर्गका नागरिकहरु अत्याधिक भएको भन्दै उहाँले प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भयो ।

त्यस्तैगरि प्रदेशसभा सदस्य कुशुम कुमारी श्रेष्ठले आर्थिक बर्ष २०७८/०७९ का लागि संघीय सरकारको बजेटमा राहत सहुलियत तथा पुनरुत्थान कार्यक्रम अन्तर्गत दैनिक उपभोग्य वस्तुमा जनतालाई २० प्रतिशत सहुलियत दिने बिषय उपत्यका केन्द्रित भएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।