Logo जेठ ३०, २०७८ आइतबार


मुन्दुमी आस्थाको केन्द्र खुवालुङ नष्ट नगर्न माग

काठमााडौं ।  विकासको नाममा खुवालुङ भत्काउने सरकारको मनशाय रहेको भन्दै किराती समुदायका विभिन्न संघस.संस्थाले विरोध जनाइरहेका छन् । थुलुङ राई संस्कृति प्रतिष्ठानले पनि बुधबार एक प्रेस विज्ञप्ति जारी गरी विकासको नाममा खुवालुङ नष्ट नगर्न माग गरेको हो ।

प्रतिष्ठानले किराती समुदायको मुन्दुमी आस्थाको केन्द्र खुवालुङ नष्ट नगर्न सरकारसँग माग गरेको छ । प्रतिष्ठानका अध्यक्ष निर्कुधन राईद्वारा जारी विज्ञप्तिमा ‘किराती समुदायको आस्थाको केन्द्रलाई योजनाबद्ध तरिकाबाट नामेट पार्ने सरकारी कदम खेदजनक छ,विकल्प हुँदाहुँदै विकासको नाममा योजनाबद्ध तरिकाले नियोजित रूपमा किराँती समुदायको आस्थाको केन्द्र खुवालुङलाई नष्ट गर्न पाइँदैन’ भनिएको छ ।

जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि बजेट सार्वजनिक गर्दै कोशी नदीको चतरादेखि भोजपुरसम्म जल यातायात सञ्चालन गर्न जलमार्गमा रहेको अवरोध हटाइने बताउनु भएको थियो । यी अविव्यक्तिले धनकुटा, भोजपुर र उदयपुरको संगमस्थल सप्तकोशीमा तमोर, अरुण र दूधकोशी नदी मिसिएको स्थान त्रिवेणीमा रहेको खुवालुङ भत्काउने सरकारको मनशाय रहेको भन्दै किराती समुदायहरू विरोध जनाइरहेका छन् ।

प्रतिष्ठानले बरु त्यसको संरक्षण गरी आन्तरिक एव बाह्य पर्यटन प्रवर्द्धनमार्फत मुलुकको आर्थिक विकासमा उपयोग गर्ने रणनीति तयार गर्न सबै तहको सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।