Logo असार १, २०७८ मंगलबार


नयाँ बानेश्वर चाेकमा क्रेनकाे सहायताले राखियाे आकाशे पुल (फाेटाेफिचर)

काठमाडौं । नयाँ बानेश्वर चोकमा आकाशे पुलको निर्माण सम्पन्न भएको छ । गतवर्ष नै निर्माण सकिनु पर्ने सम्झौता भएपनि कोरोना महामारीका कारण पुलका लागि आवश्यक पर्ने दक्ष जनशक्तिको अभावले झण्डै एक वर्षपछि निर्माण सम्पन्न भएको हो ।

काठमाडौंको सबैभन्दा बढी पैदलयात्रुले सडक वारपार गर्ने स्थान नयाँ बानेश्वर चोकलाई मानिएको छ । डिभिजन सडक कार्यालयले विसं २०७५ चैतमा आठ महिनामा आकाशे पुल सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

अघिल्ला वर्षमा डिभिजन सडक कार्यालयले सडक र पुल मात्रै निर्माण गर्दै आएकामा यस वर्ष आकाशे पुलसमेत निर्माण गरेको हो ।

राजधानीकै सबैभन्दा व्यस्त मानिएको बानेश्वर चोकमा आकाशे पुल निर्माण सम्पन्न भएकाले बाटो काट्ने यात्रुलाई सहज हुनुका साथै ट्राफिक जाम पनि कम हुने देखिएको छ । 

भुइँमा तयार गरिएकाे पुल क्रेनकाे सहायताले दुबैतर्फ बनाइएकाे पिलरमाथि राखिएकाे थियाे ।

फलामबाट निर्माण गरिएकाे याे पुल भविष्यमा कतै लैजानुपर्ने अवस्थामा पनि सजिलै सार्न सकिने बताइएकाे छ ।

तस्वीर : हनिशराज पन्त/जनता समाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…