Logo जेठ ३०, २०७८ आइतबार


संसदको छायाँ वहस चलाउने सभामुख सापकोटाको तयारी, जेठ २८ गते पूर्व प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक आह्वान

टंक पन्त/जनतासमाचार

काठमाडौ । देशका जल्दा बल्दा बिषयमा छलफल हुने थलो संसद बिघटन भएपछि महत्वपूर्ण बिषयमा हुने छलफल अबरुद्ध भएको महसुस नहोस र देशलाई निकास दिन सहज होस भनेर सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो ठाउँबाट प्रभावकारी भूमिका खेल्ने निर्णय गर्नुभएको छ ।

सोही सन्दर्भमा सभामुख सापकोटाले यहि बैशाख २८ गते देशका प्रमुख राजनीतिक दलका प्रमुख र पूर्व प्रधानमन्त्रीहरुसँग बैठक आह्वान गर्नुभएको छ । संघीय संसद सचिवालयका अनुसार सभामुख सापकोटाले २८ गते दिउसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वर संसद भवनको ल्होत्से हलमा बैठक बोलाउने तयारी गर्नुभएको छ ।
सबै प्रमुख राजनीतिक दलका नेता र पूर्व प्रधानमन्त्रीहरुलाई सम्भवतः आजै र ढिलोमा भोलिसम्म पत्र पठाइसकिने छ । कुनै एजेण्डा उल्लेख नगरी समसामयिक बिषय भनिएपनि संसद बिघटन , अदालतमा विचाराधीन मुद्दा र सरकारले चालेका दुरगामी प्रभाव पार्ने कदम लगायतका बिषयमा छलफल हुने छ । छलफलपछि पार्टीहरुले सामूहिक धारणा बनाउने सभामुख सापकोटाले बताउनुभयो ।

संसद विघटन भएपनि संबिधानले सभामुख रहने व्यवस्था त्यसै गरेको होइन भन्दै सभामुख सापकोटाले आफनो ठाउँबाट देश र जनताका लागि प्रभावकारी भूमिका निर्वाह गरिरहने सोचाइ बनाउनु भएको बुझिएको छ । संसद विघटन भएपनि विद्यमान राजनीतिक संकट समाधानका लागि भन्दै राजनीतिक दल लगायत सबै पक्षसँग छलफल चलाउने निर्णय सभामुख सापकोटाले गर्नुभएको बताइएको छ ।

सभामुख सापकोटाले प्रमुख राजनीतिक दलका नेता , पूर्व प्रधानमन्त्रीहरुसँगको छलफल पछि नागरिक समाज , पत्रकार एवम् सबै पक्षका विज्ञहरुसँग छलफल गर्ने योजना बनाउनुभएको छ । संसदमा औपचारिक छलफल हुन नसकेपनि सभामुख सापकोटाको नेतृत्वमा हुने छलफल पनि आफैमा महत्वपूर्ण हुने बताइएको छ ।
गत पुष ५ गते पहिलो पटक संसद विघटन भएपछि संसद शून्य जस्तै भएको छ । फागुनको दोस्रो हप्ता संसद पुनस्र्थापना भएपछि प्रतिनिधिसभाको बैठक एक महिना जति बसेपनि सरकारले काम नदिएको कारण संसद खासै चलायमान नभइ सकियो । सो बैठकबाट एउटा पनि बिधेयक वा अन्य बिषयहरुमाथि निर्णय हुन सकेन । कार्यव्यवस्था समितिको बैठक पनि विवादमै बित्यो ।

खास गरी नेकपा एमाले भित्रको विवादले गर्दा सरकारले बैठकमा विधेयक, प्रस्ताव पारित गर्ने गरी कार्यक्रम नै दिएन । संसदलाई बिजनेश दिए मात्रै संसद अगाडि बढ्ने हो । यतिसम्म कि करिब एक महिना संसद बैठक चालु रहदा एक दिन पनि कार्यपालिका प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा सहभागी हुनुभएन । एक दिन बैठक चल्नुभन्दा अगाडि पुगेर फर्किनुभयो । त्यसैगरी उहाँ एक दिन बैठक अन्त्य भएपछि संसद पुग्नुभएको सचिवालय स्रोतले बताएको छ ।

गत बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने उदेश्यका साथ बिशेष अधिबेशन आह्वान गर्नुभएको थियो । सो अधिबेशनबाट उहाँले विश्वासको मत पाउनुभएन ।त्यसपछि पुनः संसद बिघटन गर्ने काम भएकोमा सभामुख सापकोटा असन्तुष्ट हुनुहुन्छ ।

जनप्रतिनिधिमुलक संस्थालाई देश र जनताका समस्या समाधान गर्ने गरी छलफल गर्ने अवसर नै नदिइएको सभामुखको गुनासो छ । जसले गर्दा अहिले चुरे , कोरोना महामारी जस्ता थुप्रै जनचासोका बिषयमा छलफल गर्ने थलो नै अबरुद्ध हुन पुगेको छ । त्यसैले जति सम्भव हुन्छ त्यो खाँचो टार्न सकिन्छ कि भनेर सभामुख सापकोटाले संविधान र ऐन नियमले दिएको जिम्मेवारी पूरा गर्न सक्रियता देखाउन लाग्नुभएको उहाँका निकटहरु बताउछन् ।

यस्तो छलफलले देशका लागि त राम्रो हुन्छ नै, सरकारलाई समेत सहयोग पुग्ने दाबी गरिएको छ । प्रधानमन्त्री ओलीको सचिवालयले भने सभामुखले समसामयिक बिषयमा छलफल गर्नुको औचित्य नभएको भन्दै छलफलमा नजाने बुभिएको छ ।

प्रधानमन्त्री निकट नेकपा एमालेका एक नेताले भने, ‘सभामुखको पत्र कस्तो आउँछ , के बिषयमा छलफल रहेछ हेर्छौैं । त्यसपछि नेकपा एमालेको अध्यक्ष सहभागी हुने नहुने टुङ्गो लाग्छ ।’

तर सम्भवतः पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली सभामुखले बोलाउने बैठकमा नजाने ती नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।