Logo जेठ ३०, २०७८ आइतबार


४ हजार ३ सय ४४ जनामा संक्रमण हुँदा ५ हजार ७ सय ६८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । देशका विभिन्न प्रयोगदशालामा गरिएको परिक्षणका क्रममा ४३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५७६८ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्ने क्रममा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १५ हजार ६५२ पुगेको जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा हाल ८० हजार ३३६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । नेपालमा पछिल्लो चौबीस घण्टामा प्रति एक सय नमूनाको परीक्षण गर्दा २८.६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४३४४ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…