Logo जेठ ३०, २०७८ आइतबार


कांग्रेस प्रदेश २ सरकारमा सहभागी हुँदै, साढे ७ बजे शपथ

जनकपुर । प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा कांग्रेस प्रदेश २ सरकारमा सहभागी भइरहेको छ । प्रदेश २ सरकारमा तीन मन्त्रालय दिने सहमती भएपछि नेपाली कांग्रेस सहभागी हुन लागेको हो ।

काँग्रेस सरकारमा सहभागि हुन तयार भए पछि बुधबार साँझ साढे ७ बजे कांग्रेसका मन्त्रीको शपथ ग्रहण कार्यक्रम राखिएको छ । मुख्यमन्त्री लालबाबु राउतका प्रमुख स्वकीय सचिव जितेन्द्र यादवका अनुसार कांग्रेसलाई दिइने मन्त्रालय टुंगो लागेको र केहीबेरमा कांग्रेसबाट सहभागी हुने मन्त्रीहरुको शपथ कार्यक्रम राखिएको छ ।

३ वटा मन्त्रालय मध्य यादवलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । कांग्रेसलाई ३ वटा मन्त्रालय मध्य ऊर्जा र खानेपानी मन्त्रालय र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको स्रोतको दावी छ । कांग्रेसबाट सरकारमा सहभागी हुने अन्य मन्त्रीहरुको नाम केही बेरमै टुंगो लाग्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…