Logo जेठ ३०, २०७८ आइतबार


भरूवा बन्दसँगै ३५ वर्षीय खत्रीकाे शव फेला

बझाङ । गडाला सामुदायिक वनमा भरुवा बन्दुकका साथ एक व्यक्ति मृत फेला परेका छन् । खप्तडछान्ना गाउँपालिका–४ खत्री गाउँका ३५ वर्षीय डम्बरबहादुर खत्री मृत अवस्थामा फेला परेका हुन् ।

जेठ २४ गते जङ्गल गएका उनी त्यस्तै दिनदेखि हराइरहेका थिए । उनको परिवारले खोजी गर्दा जेठ २५ गते मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार खत्रीको बायाँ कञ्चटमा गाेलीले टाउकाे छेडेकाे अवस्थामा शव भेटिएकाे थियाे । उनकाे नजिकै भरुवा बन्दुक भेटिएको पाइएकाे प्रहरीकाे भनाइ छ ।

मृत खत्रीको जिल्ला अस्पताल बझाङमा पोष्टमार्टम भएर मृतकका आफन्तले शव लगेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।