Logo जेठ ३०, २०७८ आइतबार


प्रदेशसभा भंग गरेर मध्यावधि निर्वाचनमा जाने मुख्यमन्त्री गुरुङको तयारी

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सभा भंग गरेर मध्यावधि निर्वाचनमा जाने तयारी गर्नुभएको छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा माओवादी केन्द्रले आफ्ना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएपछि अहिले एमालेको एकल सरकार रहेको छ ।

संविधान अनुसार जेठ २७ गते विहीवार मुख्यमन्त्री गुरुङले संसद्‍मा विश्‍वासको मत लिने कार्यसूची छ । विश्‍वासको मत पाउन मुख्यमन्त्री गुरुङले ३१ प्रदेश सभा सदस्यको समर्थन जुटाउनु पर्ने हुन्‍छ । तर, गुरुङले ३१ जना प्रदेश सभा सदस्यको मत पाउने संभावना न्यून छ। यता विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीले पनि ३१ जना पुर्‍याउन सक्ने अवस्था छैन ।

गण्डकीमा एमालेका २७, नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र १ सांसद छन् । यी मध्ये एमालेका २७, जनमोर्चाका १ र स्वतन्त्र १ सांसद मुख्यमन्त्री गुरुङको पक्षमा छन् ।

विश्‍वासको मत प्राप्त गर्न नसक्ने अवस्था भएपछि मुख्यमन्त्री गुरुङले संसद् भंगको तयारी गर्नुभएको हो । संविधानको धारा १६८ उपधारा (३) अनुसार मुख्यमन्त्री रहेका गुरुङले मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्‍वासको मत लिनुपर्ने व्यवस्था संविधानको धारा १६८ (४) मा छ ।

१६८ (४) अनुसार विश्‍वासको मत प्राप्त गर्न नसकेकोमा प्रदेश प्रमुखले प्रदेश सभामा बहुमतको सरकार गठनको लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ । यसरी बहुमतको सरकार गठन गर्न आह्वान गरेको समयभित्र बहुमतको सरकार गठन नभए वा नयाँ मुख्यमन्त्री नियुक्त हुन नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभा विघटन गरेर ६ महिनाभित्र निर्वाचन घोषणा गर्न सकिने छ । मुख्यमन्त्री गुरुङ यही अन्तिम विकल्पलाई प्रयोग गरेर अघि बढ्ने योजनामा मुख्यमन्त्री गुरुङ रहनुभएको बताइएको छ ।

माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले सरकारले विश्‍वासको मत नपाउने र विपक्षीले पनि बहुमत जुटाउन नसक्ने अवस्था आए मार्ग प्रशस्तको नाममा संसद् भंग हुने सम्भावना रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…