Logo जेठ ३०, २०७८ आइतबार


राउटे युवतीलाई न्याय माग्दै बालुवाटारमा प्रदर्शन

काठमाडौं । यौन दुर्व्यवहारमा परेका लोपोन्मुख राउटे समुदायका दुई युवतीले न्याय पाउनुपर्ने माग गर्दै महिला अधिकारकर्मीले राजधानीमा प्रदर्शन गरेका छन् ।

बुधबार अधिकारकर्मीहरुले बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

सुर्खेतमा यौनजन्य हिंसामा परेका राउटे समुदायका युवतीहरूलाई न्याय दिनुपर्ने भन्दै महिला अधकारकर्मीले प्रदर्शन गरेका हुन् ।

महिला माथी हुने सबै प्रकारका हिंसाविरुद्ध आवाज उठाऔँ भन्दै महिला अधिकारकर्मीले पीडितलाई न्याय र पिडकलाई कडा सजायको माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच तनाव भएको थियो । प्रदर्शनमा सहभागी सबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

केही दिनअघि सुर्खेतमा राउटे समुदायका दुई युवतीमाथि यौन दुर्व्यवहार गर्दै केही युवाले बनाएको अश्लील भिडियो बाहिरिएको थियो । उक्त भिडियोकै कारण आफ्नै समुदायबाट मारिनसक्ने भन्दै ती दुई युवतीको जीवनरक्षाका लागि मानवअधिकारकर्मीहरुले समेत गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।