Logo जेठ ३०, २०७८ आइतबार


प्रधानमन्त्री ओलीको राजनीतिक भेटघाटको सक्रियता बढ्यो, राष्ट्रपतिसँग दुई घण्टा छलफल

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको हो ।

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओलीले बुधबार साँझ साढे ७ बजे शितलनिवास पुग्नुभएको थियो ।

उहाँहरुबीच करिब २ घण्टा छलफल भएको शीतल निवास स्रोतले जनाएको छ।

साढे ७ बजे शीतलनिवास छिर्नुभएका ओली ९ बजेर ५५ मिनेटमा बाहिरिनुभएको थियो । ओलीको संसद् विघटनको सिफारिस राष्ट्रपति भण्डारीले जेठ ७ गते अनुमोदन गर्नुभएको थियो ।

संसद विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि सुनुवाइको क्रम सुरु भएका बेला प्रधानमन्त्री ओलीको राजनीतिक भेटघाटको सक्रियता बढेको छ।

उहाँले आफ्ना पार्टीका नेताहरूसँग निरन्तर छलफल गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…