Logo जेठ ३०, २०७८ आइतबार


यसपटक मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने अनुमान

काठमाडौ । नेपालमा यसपालि मनसुनका बेला बाढी पहिरोबाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ।

यो वर्ष गत वर्षभन्दा बढी पानी पर्ने अनुमान गरिएको छ । त्यसैले यसपालिको मनसुनमा झन् चुनौतीपूर्ण रहने अनुमान मौसमविद्ले गरेका छन्।

जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा मनसुनमा सरदरभन्दा बढी पानी पर्ने आकलन सार्वजनिक गरिसकेको छ। उक्त चेतावनीसँगै आमनागरिक र सरोकार राख्ने निकाय थप सावधानी र सचेत हुनुपर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउनुहुन्छ ।

यसपटक विगतको भन्दा झण्डै १२ गुणा बढी आगलागी भएको छ । डढेलोले पहाड नांगो पारिसकेकाले जोखिम क्षेत्रबाहेक पनि थप पहिरो खस्ने सम्भावना रहेको उहाँ बताउनुहुन्छ । त्यसलाई केन्द्रित गरेरै पूर्वतयारी र प्रतिकार्य याजना अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

विगतको तथ्यांक विश्लेषणका आधारमा प्राधिकरणले यसपालि मनसुनमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरेको छ। प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले बाढीबाट १७ लाख र पहिरोबाट एक लाख २० हजार प्रभावित हुने अनुमान गरिएको जानकारी दिनुभयो ।

गत वर्ष १५ लाख प्रभावित हुने अनुमान गरिएको थियो। सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गत वर्ष मनसुनजन्य विपदबाट झण्डै ४ सय मानिसको मृत्यु भएको थियो। एक हजार एक सयभन्दा बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए।

यसपालि बढी पानी पर्ने पूर्वानुमानसँगै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना ०७८ तयार गरी स्थानीय तह, प्रदेश सरकार तथा सम्बद्ध संघसंस्थासँगको समन्वयमा विगतको अनुभवबाट सिकेर आवश्यक पूर्वतयारी थालिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…