Logo जेठ ३०, २०७८ आइतबार


मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिदै, विपक्षमा मतदान गर्न दलहरुको ह्वीप

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिनुहुने भएको छ ।

मुख्यमन्त्रीले गुरुङले आज मध्यान्ह १२ बजेपछि विश्वासको मत लिने तय भएको छ ।

यसैबीच विश्वासको मतको विपक्षमा उभिनका लागि दलहरुले आ–आफ्ना सांसदलाई ह्वीप जारी गरेका छन् ।

गण्डकी प्रदेशसभाअन्तर्गत नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संसदीय दलका छुट्टाछुट्टै बसेका बैठकले ह्वीप जारी गरेका हुन् । जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि विश्वासको मतको विपक्षमा उभिनका लागि आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।

नेकपा एमालेले पनि विश्वासको मतको पक्षमा उभिनका लागि आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।

विश्‍वासको मत पाउन मुख्यमन्त्री गुरुङले ३१ प्रदेश सभा सदस्यको समर्थन जुटाउनु पर्ने हुन्‍छ । तर, गुरुङले ३१ जना प्रदेश सभा सदस्यको मत पाउने संभावना न्यून छ। यता विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीले पनि ३१ जना पुर्‍याउन सक्ने अवस्था छैन ।

गण्डकीमा एमालेका २७, नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र १ सांसद छन् । यी मध्ये एमालेका २७, जनमोर्चाका १ र स्वतन्त्र १ सांसद मुख्यमन्त्री गुरुङको पक्षमा छन् ।

मुख्यमन्त्री गुरुङले विश्‍वासको मत प्राप्त गर्न नसक्ने र विपक्षीले पनि हुमत जुटाउन नसक्ने अवस्था भएपछि संसद् भंग गरेर मध्यावधि निर्वाचनको घोषणा हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।