Logo असार ४, २०७८ शुक्रबार


सबै विद्युतीय गाडीको मूल्य घट्यो, कुन गाडीको नयाँ मूल्य कति ?

काठमाडौं । सरकारले नयाँ बजेटमार्फत विद्युतीय गाडीको भन्सार र अन्तशुल्क घटाएसँगै विद्युतीय गाडीको मूल्य घटेको छ ।

बजेट भाषणले कर घटाएपछि नेपालमा विद्युतीय गाडीको मूल्य घटेको हो । सरकारले जेठ १५ गते याएको नयाँ आर्थिक वर्षको बजेटले विद्युतीय गाडीमा लाग्ने भन्सार र अन्तशुल्क घटाएको थियो ।

भन्सार र अन्तशुल्कको नयाँ दर बजेट भाषण भएकै दिनदेखि नै लागू हुने गरेको छ । त्यसअनुसार विद्युतीय गाडीको भन्सार र अन्तशुल्क जेठ १५ गतेबाट नै कार्यान्वयनमा आएको छ ।

नेपाली बजारमा विद्युतीय गाडी बिक्री गरिरहेका हुन्डाई, बीवाईडी, एमजी, दिगो र डेरी लगायतका कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गरेका छन् ।

कुन गाडीको नयाँ मूल्य कति ?

डेरी (इभी कार) – १९ लाख ५० हजार (पुरानो मूल्य २६ लाख ९९ हजार )
डेरी (ईआर ७ )– ६० लाख रुपैयाँ (पुरानो मूल्य ९५ लाख)

दिगो– २१ लाख ९४ हजार ५ सय रुपैयाँ ( पुरानो मूल्य २४ लाख ९४ हजार रूपैयाँ )

बीवाईडी– ४८ लाख रुपैयाँ ( पुरानो मूल्य ६२ लाख रुपैयाँ)

हुन्डाई–५६ लाख ९३ हजार रुपैयाँ ( पुरानो मूल्य ७४ लाख ९६ हजार )

एमजी–५० लाख ९९ हजार ( पूरानो मूल्य ६८ लाख ९९ सय हजार )

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…