Logo जेठ ३०, २०७८ आइतबार


कोरोनाको महामारीमा पिठ्युँमा बिरामी बोक्दै गाउँपालिका अध्यक्ष

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले यतिबेला पिठ्युँमा बिरामी बोक्दै हुनु हुन्छ । कोरोना महामारीको समयमा संक्रमित युवाहरू जसोतसो अस्पताल गए पनि वृद्धवृद्धा घरघरमै थलिए पछि उहाँले पिठ्युँमा बिरामी बोक्न थाल्नु भएको हो ।

शहरमा मात्रै नभई विस्तारै गाउँतिर पनि कोरोना संक्रमण फैलि रहेको अवस्थामा आफुले जनता समक्ष गरेका विकासे प्रतिवद्धताको साथमा जनताको उपचारमा समेत लागि रहनु भएको छ । शहरलाई कोरोनाले अक्रान्त पारीरहेको अवस्थामा गाउँपालिका क्षेत्र पनि अछुतो रहन सकेन । संक्रमित युवाहरू जसोतसो अस्पताल गए तर, वृद्धवृद्धा घरघरमै थलिए । वृद्धवृद्धा घरमा थला परेको दृश्य हेरेर बस्न नसकेको उहाँ बताउनु हुन्छ । निर्वाचनको समयमा अहरेक आपतविपद्मा तपाईहरुको साथमा रहन्छु भनेको प्रतिबद्धता सम्झिएर जनताको जीवन रक्षा गर्न लागिपर्नु भएको छ । यतिबेला विपद्मा सर्वसाधणको घरघरमा पुगि निर्वाचन ताका मतदाता समक्ष गरेको प्रतिद्धता पुरा गरि रहनु भएको छ राई ।

४३ वर्षिय अध्यक्ष राई जहाँ कोरोना संक्रमित छन्, त्यहीँ पुगेर अवस्था बुझिरहनु भएको छ । आत्मबल बढाउन बिरामीलाई संझाई रहनु भएको छ । अहिले उहाँको पहिलो प्राथमिकता छ, जनताको जीवन रक्षा गर्ने । त्यही भएर अहिले उहाँ आफैँ कोरोना संक्रमित बिरामी बोकेर अस्पताल पु¥याइ रहनु भएको छ । यो आफ्नोे रहर नभएर कर्तव्य भएको र जिम्मेवारी पनि, यही चुनावमा वाचा गरेको कारण जनताको घरघरमा पुगेको उहाँ बताउनु हुन्छ । धेरैजसो नेता हुन् या जनप्रतिनिधि, आफू चर्चामा आउनका लागि अनेक क्रियाकलाप गरिरहेका हुन्छन् र यस्ता घटनाहरू धेरै पनि छन् तर, उहाँ प्रचारमाआउनलाई नभई बाध्यताले पनि बिरामी बोक्ने गरेको बताउनु हुन्छ ।

यो समयमा संक्रमित बोकेर प्रचारमा आउन हैन, आफ्नो पनि परिवार छ तर सर्वसाधरण विरामी भएर मरेको हेर्न नसक्ने भएकाले र आफ्नो कर्तव्य संझेर यो कार्य गरि रहेको उहाँको भनाई छ । जनप्रतिनिधिले जनतालाई सहयोग गर्नुपर्ने भनेर आँफुले डोकोमा भएपनि बिरामी बोकिरहेको उहाँले बताउनु भयो । राईले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर संक्रमित बिरामी बोक्ने गरेको र संक्रमित हुने डर भएपनि जनतालाई त बचाउनु प¥यो भनेर यो कार्य गरि रहेको बताउनु भयो ।

बेलायतमा बस्ने नेपालीहरूले नै गाउँपालिकाका लागि एउटा एम्बुलेन्स खरिद गरिदिएका थिए । बिरामी बोक्दाबोक्दै त्यो एम्बुलेन्स पनि बिग्रिए पछि गाउँपालिकालाई एम्वुलेन्स अभाव भए पनि राईले आफू सवार हुने गरेको गाडीलाई नै अहिले एम्बुलेन्सका रूपमा प्रयोग गरिरहनु भएको छ । उहाँले संक्रमित बिरामी बोकेको भिडियो होस् या तस्वीर यतिखेर सामाजिक सञ्चालमा चर्चा भैरहेको छ । सञ्चार माध्यममा पनि उहाँले गरेको सेवाको समाचारले प्राथमिकता पाएको छ । आफ्नो गाउँपालिका र जिल्ला मात्र नभए यण्तिबेला राईको सबै तिर चर्चा हुन थालेको छ जनप्रतिनिधि हुनु त त्यस्तो पो भनेर ।

अहिलेसम्म गाउँपालिका भित्र २५६ जनाको स्वाब परीक्षण गर्दा ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालमा १३ जनाकोउपचार भैरहेको छ। अहिलेसम्म त्यहाँ कोरोना संक्रमणकै कारण मानवीय हताहती हुन पाएको छैन।

गाउँ गाउँबाट कोभिड-१९ बिरामीको उद्दार गर्नु हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…