Logo जेठ ३०, २०७८ आइतबार


सङ्क्रमणको जोखिममा दुरदराजका गाउँ

काठमाडौँ । पछिल्लो समय दुरदराजका गाउँ कोराना सङ्क्रमणको जोखिममा परेका छन् । दुर्गम गाउँ वस्तिमा खुलेआम निर्ढुक्क हिंडडुल गर्नाका कारण पनि दुरदराजका गाउँबस्तिमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल अनुसार अझै पनि ४६ भन्दा बढी जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको तथा तीमध्ये काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, रुपन्देही, कैलाली र चितवनमा धेरै सङ्क्रमित रहेको बताउनु भएको छ । उहाँले पछिल्लो १४ दिनमा पाँचथर, ओखलढुङ्गा, तेह्रथुम, सिरहा, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, रोल्पा, रुकुम पश्चिम र दार्चुलामा सक्रिय सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेकाले गाउँमा कोरोना फैलिएको पुष्टि भएको उल्लेख गर्नुभयो ।

प्रवक्ता पौडेलका अनुसार प्रदेश १ का पाँचथर, ओखलढुङ्गा, तेह्रथुम, प्रदेश २ का सिरहा, बागमती प्रदेशमा सिन्धुपाल्चोक, नुवाकोट र गण्डकी प्रदेशमा नवलपरासी पूर्वमा सङ्क्रमण फैलिरहेको छ  । त्यसैगरी लुम्बिनी प्रदेशमा रोल्पा, कर्णाली प्रदेशमा रुकुम र रुकुम पश्चिम र सुदूरपश्चिमको दार्चुलामा कोरोना तीव्र रूपमा फैलिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार कुल सङ्क्रमितमध्ये ४८ दशमलव ८ प्रतिशत महिला र ६१ दशमलव २ प्रतिशत पुरुष छन् । २१ देखि ५० वर्ष उमेर समूहमा सङ्क्रमणदर धेरै रहेको मन्त्रालयको तथ्याङ्क मा उल्लेख छ ।

गाउँमा संक्रमितहरुको संख्या अत्याधिक भएका कारण कोरोना भाइरसको सङ्क्रमण गाउँगाउँमा तीव्र रूपमा फैलिएको भन्दै मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. पौडेलले सहरमा केही कम भए पनि गाउँमा कोरोना सङ्क्रमण तीव्र भएको जानकारी दिँदै अब गाउँबाट सहरमा फैलने त्रास सिर्जना भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…