Logo जेठ ३०, २०७८ आइतबार


विद्यालय बन्द भएपछि दुरगमका विद्यार्थी मारमा

आशिष बहादुर सिंह
बझाङ । विश्वभर फैलिएको कोरोना महामारीका कारण शैक्षिक क्षेत्र पूर्ण रुपमा ठप्प भएपछि दुर्गम क्षेत्रका विद्यार्थी मारमा परेका छन् । जिल्ला भरका विद्यार्थी यतिबेला घाँस दाउरा मेलापातमा सिमित भइरहेका छन् ।

सदरमुकाम चैनपुर क्षेत्र नजिकैका विद्यालयमा रेडियोबाट पढाइ गरिएको भएपनि दुर्गमका विद्यार्थीका लागि केही व्यवस्था छैन । विद्यालयको पठनपाठन नभएपछि दुर्गमका विद्यार्थीहरु घाँसदाउरामै सिमित हुने गरेका छन् ।

दुर्गम क्षेत्रमा सामाजिक दूरी कायम गरी वैकल्पित पठन पाठनको व्यस्था गरी टोल शिक्षा लागू गर्न सके विद्यार्थीमा देखिएको अन्योलता केही मात्रामा भएपनि हट्न सक्ने स्थानीय अभिभावकहरुको भनाइ छ ।

कोरोना संक्रमणका कारण बालबालिकाको पठनपाठनमा निकै प्रभावित भएको स्थानीय एक विद्यार्थी बताउछन् । सबै स्थानमा इन्टरनेटको पहुँच पुग्न नसक्दा समस्या भएको उनको भनाइ छ ।

दुई वर्षको पठाई एकै कक्षामा सिमित भएको शिक्षिका बिना रोकाया बताउनुहुन्छ । शहर बजारका विद्यार्थीले नेटमार्फत अनलाइन क्लास पढ्न पाए पनि दुर्गमका विद्यार्थीलाई कागलाई बेल पाक्यो हर्ष न विष्मत भने जस्तो भएको रोकाया बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।