Logo जेठ ३०, २०७८ आइतबार


गण्डकी प्रदेशसभामा विपक्षी गठबन्धन थप बलियो, जसपा र जनमोर्चाले गुरुङलाई मत नदिने

पोखरा । गण्डकी प्रदेशसभामा विपक्षी गठबन्धन थप बलियो भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले विश्वासको मत नदिने भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार ढल्ने निश्चित भएको छ ।

मुख्यमन्त्री गुरुङले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे धारणा राख्दै जसपा सांसद हरिशरण आचार्यले आफ्नो पार्टी प्रस्तावको विपक्षमा उभिने बताउनुभएको हो । त्यस्तै राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले पनि मुख्यमन्त्री गुरुङलाई विश्वासको मत नदिने स्पष्ट पार्नुभएको छ ।

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभामा ३ सांसद छन् । जसमध्ये सांसद कृष्णबहादुर थापाले भने पार्टीको निर्देशन अवज्ञा गरी गुरुङलाई सहयोग गर्ने बताइसक्नुभएको छ । गण्डकी प्रदेशसभामा जनता समाजवादी पार्टीका २ जना सदस्य रहेका छन् ।

जसपा र जनमोर्चाको पनि समर्थन भए काँग्रेस नेतृत्वको आगामी सरकार गठनका लागि विपक्षी गठबन्धनको प्रष्ट बहुमत पुग्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…