Logo जेठ ३०, २०७८ आइतबार


‘शैक्षिक सत्रका लागि पाठ्यपुस्तक अभाव हुँदैन’

काठमाडाैं । शैक्षिक सत्र २०७८ का लागि पाठ्यपुस्तक अभाव नहुने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बताएको छ । शैक्षिक सत्र २०७८ का लागि आवश्यक पर्ने सम्पूर्ण पाठ्यपुस्तकहरु छपाई भइसकेको र जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयसम्म पुगिसकेकाले छिट्टै पाठ्यपुस्तक विद्यार्थीहरुको हात हातमा पुग्ने जनक शिक्षा सामग्री केन्द्रका प्रमुख अनिल कुमार झाले बताउनुभएकाे हाे ।

बिहीबार पत्रकारसँग कुरा गर्दै झाले पाठ्यपुस्तक छपाईको काम सम्पन्न भइसकेको जानकारी दिनुभयाे । प्रादेशिक कार्यालयहरुबाट जनक शिक्षा सामग्री केन्द्रमा सुचिकृत १२ सय पुस्तक विक्रेताहरुले देशभरका विद्यालयमा पुर्याउने उहाँले बताउनुभयो । देशभर निषेधाज्ञा भएको अवस्थामा विक्रेताहरु प्रादेशिक कार्यालयमा आएर पाठ्यपुस्तक लैजान नसकेका कारण बिक्री वितरणमा भने समस्या भएको प्रमुख झाले बताउनुभयो ।

यद्यपी असारको पहिलो सातासम्ममा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जुन गतिले वितरण हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । कोभिड–१९ को निषेधाज्ञाका कारण पुस्तक पसलहरु खुलेको छैन । पुस्तक व्यवसायीलाई प्रादेशिक कार्यालयमा आउन समस्या भएको छ । १ हप्तादेखि बिक्री वितरण भइरहेको छ । जेष्ठ मसान्तसम्म धेरै ठाउँमा पाठ्यपुस्तक पुर्याइसक्छौँ । असारको पहिलो हप्तासम्म देशभर विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्छ ।’

यस वर्ष कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक १ करोड ७० थान उत्पादन गरी प्रदेश कार्यालयहरुमा पुगिसकेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । विराटनगरमा २३ लाख २ हजार ५२० थान, जनकपुरमा १४ लाख २० हजार ३३ थान, भरतपुरमा १७ लाख ४७ हजार ४५५ थान, बुटवलमा १२ लाख ७९ हजार ४०६ थान, पोखरामा १२ लाख ७३ हजार ११ थान, सुर्खेतमा ११ लाख २१ हजार ९०६ थान, नेपालगञ्जमा १७ लाख ४७ हजार ८३९ थान, धनगढीमा २६ लाख ६५ हजार ५७८ थान र केन्द्रीय कार्यालयमा ३५ लाख २४ हजार ५० थान पाठ्यपुस्तक मौज्दात रहेको जनक शिक्षा सामग्री केन्द्रले जानकारी दिएको छ ।

केन्द्रले पाठ्यपुस्तक बाहेक अन्य विभिन्न निकायको पुस्तकहरु पनि छापिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।