Logo जेठ ३०, २०७८ आइतबार


प्रदेश सांसदबाट हटाएको दुई महिनामै संघीय मन्त्री

काठमाण्डौं । दुई महिना अघि नेकपा (माओवादी केन्द्र)ले प्रदेश सभा सदस्यबाट हटाएको ज्वालाकुमारी साह मन्त्री नियुक्त हुनु भएको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साहलाई कृषि तथा पशुपंक्षी विकासमन्त्री नियुक्त गर्नु भएको हो ।

बारा ३ ‘क’बाट ११ हजार ७७१ मत लिएर प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएकी साह नेकपा एकीकरण बदर भएसँगै माओवादी केन्द्रलाई छोडेर नेकपा (एमाले)मा प्रवेश गर्नु भएको थियो । बाराको सिमरा उपमहानगरपालिका–१५ की साह स्कुल पढ्दापढ्दै माओवादी सशस्त्र विद्रोहमा लाग्नु भएको थियो ।

साह २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्य समेत निर्वाचित हुनु भएको थियो । यसअघि २०६६ सालमा भूमि सुधार तथा व्यवस्था राज्यमन्त्री बन्दै २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

उहाँ पार्टीमा नफर्किएपछि माओवादी केन्द्रले गत ३० चैतमा साहसँगै प्रदेश २ का चार जना सांसदलाई हटाएको थियो । माओवादीको सिफारिशमा प्रदेश सभा सचिवालयले सांसदहरू साह, रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समिर पदमुक्त भएको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…