Logo असार १, २०७८ मंगलबार


सपनामा विवाह भएकाे देख्नुभएकाे छ ? यस्ताे छ फल…

काठमाडौं। सपना देख्नु स्वभाविक हो । कति राम्रा देखिन्छन् त कति नराम्रा । सबै सपना पूरा हुन्छन् भन्ने पनि छैन । अधिकांशका धेरै सपना अधुरा नै रहन्छन् । हामीले देख्ने सपना कहीँ न कहीँ विपनासँग पनि जोडिएको हुन्छ । कति सपना निदाउँदा देखिन्छ भने कति सपनाले निदाउँनै दिँदैन ।

हामीले देख्ने सपनाको दैनिक जीवनमा शुभ अशुभ संकेत गर्छ भन्ने धार्मिक विश्वास छ । सपनाकाे फल बारे चासाे, भ्रम वा विश्वास नेपालमा मात्रै हाेइन विश्वका सम्पन्न देशका नागरिकमा पनि उत्तिकै छ । विश्वभरका देशमा सपनाकाे फलबारे कराेडाैं पुस्तक छापिएका छन् । विज्ञानले पनि सपनाका बारेमा केही संकेत हुने प्रमाणित गरिसकेकाे छ । यहाँ हामीले सपनामा विवाह भएको देख्दा ज्योतिष शास्त्र अनुसार शुभ अशुभ के संकेत गर्छ भनेर चर्चा गर्ने प्रयास गरेका छौं।

यदि कोही ब्यक्ति सपनामा विवाह वा त्यससँग सम्बन्धित अन्य कुनै बस्तु देख्दछ भने त्यसको शुभ र अशुभ दुबै अर्थ हुन्छ । सपनामा आफ्नै विवाह भएको देख्नुभयो अथवा साथी, नातेदार कसैको विवाह भएको देख्नु भयो भने यस्तो सपनाको शुभ संकेत मानिदैन । यस्तो सपना देख्दा तपाईँको काममा कुनै बाधा आउनसक्ने संकेत दिन्छ ।

यदि तपाईँले कोही महिलाको विवाह हुँदै गरेको देख्याे भने यो तपाईँका लागि शुभ संकेत हुने विश्वास गरिन्छ । यस्तो सपना देखे तपाईँको जीवनमा छिट्टै खुशी आउनेवाला छ भनेर बुझिन्छ । तर बेहुली रुँदै गरेको देख्याे भने त्यसलाई अशुभ मानिन्छ ।

यदि कोही केटी आफ्नो सपनामा प्रेमीले अर्कै केटीसँग विवाह गरेको देख्नयाे भने मान्नुस् त्यसको विवाह छिट्टै हुन्छ । विवाहका गहना देखे पनि छिट्टै विवाह हुने संकेत बुझिन्छ । सबैलाई यो भविष्यवाणी अनुसार मिल्छ नै भन्ने हुँदैन तर सपनाका धेरै अर्थ लगाउने हाम्रो समाजमा चलनमा छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…