Logo जेठ ३०, २०७८ आइतबार


खुवालुङ ढुंगो संरक्षण गर्ने प्रदेश सरकारको घोषणा

विराटनगर । प्रदेश–१ सरकारले सप्तकोसी नदीमा अवस्थित खुवालुङ ढुंगो संरक्षण गर्ने घोषणा गरेको छ । प्रदेश सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०७८÷७९ को निती तथा कार्यक्रममा खुवालुङ ढुंगो संरक्षण गर्ने घोषणा गरेको हो ।

बिहीबार प्रदेशसभामा प्रस्तुत गरिएको प्रदेश–१ सरकारको वार्षिक नीति तथा कार्यक्रममार्फत खुवालुङ क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने घोषणा गरिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोसी जलाधार तथा जल पर्यटन सम्भाव्यता अध्ययन गरिने र खुवालुङको संरक्षण गर्दै ऐतिहासिक तथा धार्मिक क्षेत्र बनाइने घोषणा गर्नु भएको छ । अरुण सभ्यताको खोजी गर्ने र किराँत संस्कृतिको प्रवद्र्धन गर्दै किराँतको धार्मिक तथा सांस्कतिक महत्वको विषयवस्तुको खोज, अनुसन्धान गर्ने पनि सरकारको कार्यक्रममा समेटिएको छ ।

आर्थिक वर्ष २०७८÷७९ को संघीय बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सप्तकोसीमा अवरोध हटाएर जल यातायात सञ्चालन गर्ने घोषणा गरे। त्यसको लागि बजेटसमेत विनियोजन गरिएको थियो ।

यसअघि, खुवालुङ ढुंगोले पानीजहाज सञ्चालनमा अवरोध गरेको भन्दै हटाउने योजना बनेपछि स्थानीय रुपमै विरोध भएको थियो । विरोधपछि संघीय सरकार खुवालुङ फुटाउने अथवा हटाउने अभियानबाट पछि हटेको थियो ।

 प्रदेश सरकारकाे नीति तथा कार्यक्रम

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…