Logo असार १, २०७८ मंगलबार


पर्वतमा कोरोना संक्रमणको दर उच्च

राजन पौडेल
पर्वत । कोरोना संक्रमणको दोस्रो लहर शुरु भए लगतै पर्वतमा संक्रमणको दर उच्च भएको छ । विगत डेढ महिना अवधिको तथ्यांक हेर्दा जिल्लामा संक्रमणको दर निकै उच्च भएको हो । कोरोना संक्रमणको फैलावट पर्वतमा निकै उच्च देखिन्छ । संक्रमितको संख्या बढ्दै जाँदा महामारीको चपेटामा परी बिहीवारसम्म ५१ जनाले ज्यान समेत गुमाईसकेका छन् ।

यो अवधिमा जिल्लाका सबै पालिकाहरुमा संक्रमितहरु फेला परेका छन् । स्वास्थ्य कर्यालय पर्वतका अनुसार अहिलेसम्म जिल्लाको सदरमुकाम कुश्मा बजार अर्थात कुश्मा नगरपालिका ४, ५, ६ र ७ मा सबैभन्दा धेरै संक्रमित फेला परेका छन् ।

यसैगरी धेरै संक्रमित भेटिनेमा पर्वतका जलजलाको माझफाँट क्षेत्र भएको छ । फलेवासको देवीस्थानमा पनि अहिलेसम्म जिल्ला भरीकै धेरै संक्रमितहरु फेला परेका छन् । धेरै संक्रमित भेटिएको जलजलाको माझफाँटमा देखिएको स्वास्थ्य कार्यालय पर्वतका सूचना अधिकारी प्रविन भण्डारीले जानाकारी दिनुभयो । माँझफाँटमा कूल २ सय २६ जना संक्रमित फेला परेका छन् । जलजलाको वडा न २, ३ र ४ लाई साविक माँझफाँट गाविस भनिन्छ । वडा न २ मा ७४ जना वडा न २ मा १०१ र वडा न ३ मा ५१ जना संक्रमित फेला परेका छन् । यो संख्या जिल्ला भरीकै साविक गाबिस र वडाहरुको संख्याको उच्च संख्या हो ।

यसैगरी, कुश्मा नगरपालिकाको बजार क्षेत्रमा २ सय २४ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालयका सूचना अधिकृत भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार कुश्मा नगरपालिका वडा न ४ मा ४९ जना, वडा न ५ मा ७६ र वडा न ६ मा ६१ जना तथा वडा न ७ मा ३८ जना संक्रमित फेला परेका छन् ।

यसैगरी, जिल्लाका अन्य वडाहरु भन्दा धेरै फलेवासको देवीस्थानमा संक्रमित भेटिएका छन् । यो वडामा मात्रै ९० जना संक्रमित भेटिएको भण्डारीले जानकारी दिनुभयो ।

केही वडाहरुमा संक्रमितको संख्या शुन्य भएपनि ति वडाहरु निकै न्यून रहेका छन् । संक्रमण पुष्टि नभएका मध्ये मोदीको वडा न ३ देउराली र फलेवासको वडा न ८ ठानामौलामा संक्रमित भेटिएका छैनन् ।

हालसम्म दोस्रो चरणको संक्रमणमा १४९२ जना पर्वतमा संक्रमित भएका छन् भने ५१ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…