Logo असार १, २०७८ मंगलबार


औषधि र पोशिलो खाना लिएर संक्रमितको घरघरमा गाउँपालिका अध्यक्ष

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाले कोरोना संक्रमितलाई औषधि र अण्डा बाड्न थालेको छ । गाउँपालिका अध्यक्ष सहितको टोलीले होम आइसोलेसनमा रहेका संक्रमितका  घरघरमा पुगेर औषधि र अण्डा बाड्न थालेको हो ।

औषधि र अण्डा बाड्न चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसी आफैँ गाउँ पुग्नु भएको थियो । उहाँले हरेक संक्रमितलाई २ क्रेटका दरले अण्डा र औषधि प्रदान गरेको बताउनु भयो । होम आइसोलेसनमा रहेका संक्रमितलाई भेटेर उहाँहरुको स्वास्थ्य अवस्था बुझिरहेको उहाँको भनाई छ ।

गाउँपालिकामा हालसम्म ४ दर्जन बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको भए पनि कोरोनाका कारण ज्यान भने गुमेको छैन ।.

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…