Logo जेठ ३०, २०७८ आइतबार


बालुवाटारबाट परिचालित साइबर स्यालहरुले तानाशाह जोगाउन सक्दैनन्: सुदेश पराजुली

काठमाण्डौं । अनेरास्ववियू केन्द्रिय कमिटी (माधव समुह) का अध्यक्ष सुदेश पराजुलीले बालुवाटारबाट परिचालित साइबर स्यालहरुले गणतन्त्र र संविधान विरोधी तानाशाहीलाई जोगाउन नसक्ने चेतावनी दिनु भएको छ । ‘वर्तमान राजनीतिक संकट, भावी चुनौति र विद्यार्थीहरुको भूमिका’ विषयक कार्यक्रममा गगन थापालाई वक्ताका रुपमा राख्दा ओलि पक्षका युवाहरुले गाली गलौज गरेको विषयप्रति लक्षित गर्दै उनले यस्तो चेतावनी दिनु भएको हो ।

हामीले लडेर ल्याएको गणतन्त्र जोगाउने दायित्व हाम्रो नै भएकाले सबै शक्ति एकजुट हुनुपर्नेमा उहाँले जोड दिनु भयो । महासचिव आरति लामाले ओलि प्रबृत्ति लोकतन्त्रका लागि घातक भएकाले उनको विस्थापन आवश्यक भएको भन्दै सशक्त प्रतिरोध गर्न आवश्यक रहेको बताउनु भएको थियो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता झलनाथ खनाल, काँग्रेस नेता गगन थापा, एमाले नेतृ रामकुमारी झांक्री र माओवादी नेता लेखनाथ न्यौपानेले सम्बोधन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…