Logo असार १, २०७८ मंगलबार


‘अभियान साथी तपाईको’ अभियान मार्फत भोको पेट भर्दै

विराटनगर विराटनगरका १५ युवाहरुले ‘अभियान साथी तपाईको भन्ने अभियान मार्फत सडकमा निशुल्क खाना खुवाई रहेका छन् । निषेधाज्ञा प्रभावित गरिब तथा विपन्न वर्गका नागरिकहरुको भोको पेट भर्न विराटनगर–५ का युवाहरुको समुहले जेठ १० गतेदेखि यो अभियान सुरु गरेको हो ।

जेठ १० गतेदेखि सुरु भएको अभियानको आज १७ औं दिन युवाहरुको समुहले १ सय ९८ जनालाई निःशूल्क भोजन वितरण गरेका छन् । महामारी नियन्त्रण र त्यसको प्रभाव मुल्यांकनमा सरकारको भुमिका नगन्य बन्दा युवाहरुको समुहले कार्यभार सम्हालेको अभियानका संयोजक सुरेश शाक्यले बताउनु भयो । उहाँहरुले हाल विराटनगर–५ मा रहेको पुरानो मेट्रो गार्डेन भएको भवनमा खाना पकाएर बिहानै १० बजे विराटनगरको कुनाकुनामा पुगि भोको पेट भरिरहनु भएको छ ।

विराटनगरका १५ जना युवाहरुको ‘अभियान साथी तपाईको’ अभियानले निषेधाज्ञा प्रभावित, गरिब तथा विपन्न, दैनिक ज्याला मजदुरी गर्ने र सडकपेटीमा बस्ने नागरिकलाई निःशुल्क खाना वितरण गर्दै आएका छन् । निषेधाज्ञा भएपनि सरकारले यसपटक राहत वितरण गरेन, धेरै नागरिकले भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएका कारण आफुहरुले यो अभियान चलाएको अभियानका सदस्य अनिल खडकाको भनाई छ ।

विराटनगर–५ का लुईस शाक्य, वेद शंकर राउत, कल्याण कटवाल, विनोद मलाह, हरिकण मण्डल , मनोज मलाह लगायतका युवाहरु अभियानका सक्रिय सदस्यहरु हुन । भियानका सदस्यहरु निषेधाज्ञा अवधिभर अभियानलाई निरन्तरता दिने बिषयमा उहाँहरु प्रतिबद्ध रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…