Logo जेठ ३०, २०७८ आइतबार


सञ्चारमन्त्री थापाद्वारा काममा ध्यान दिन कर्मचारीलाई निर्देशन

काठमाडाैं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले मन्त्रालयमा को मन्त्री आयो को मन्त्री गयो भनेर होइन काममा ध्यान दिन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

बिहीवार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री थापाले मन्त्रीभन्दा मन्त्रालयको काममा कर्मचारीहरुको ध्यान जानुपर्ने बताउनुभयो । सरकार र सरकारको योजना सफल बनाउन सञ्चार मन्त्रालयको महत्वपूर्ण भुमिका रहेको भन्दै मन्त्री थापाले जनतालाई सूचना प्रविधिको पहुँचमा लैजान आवश्यक रहेको बताउनुभयो ।

परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री थापाले समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार बनाउन मन्त्री, कर्मचारी भएर काम गर्न आफू सधैँ खुल्ला रहेको स्पष्ट पार्नुभयो ।

मन्त्री थापा यसअघि राष्ट्रिय महिला आयोगको अध्यक्ष हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।