Logo असार १, २०७८ मंगलबार


मुख्यमन्त्रीबाट पदमुक्त गुरुङको गुनासो–शीर्ष नेताहरुका कारण संघीयता संकटमा पर्यो

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शीर्ष नेताहरुका कारण राजनीतिक संकट निम्तिएको बताउनुभएको छ ।

गण्डकी प्रदेशसभामा विश्वासको मत प्रस्तावमा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री गुरुङले शीर्ष नेताहरु जिम्मेवार रुपमा प्रस्तुत हुन नसक्दा राजनीतिक संटक निम्तिएको बताउनुभएको हो ।

उहाँले ठूला दलका शीर्ष नेताहरु जिम्मेवार रुपमा प्रस्तुत हुन नसक्दा राजनीतिक संकट गहिरिदै गएको दाबी गर्नुभयो । मुख्यमन्त्री गुरुङले एमाले,कांग्रेस, माओवादी र जसपा लगायतका सबै प्रमुख पार्टीका शीर्ष नेतृत्व नै जिम्मेवार रुपमा प्रस्तुत हुन नसकेको दाबी गर्नुभयो । पार्टीमा शीर्ष नेता जिम्मेवार रुपमा प्रस्तुत नहुँदा समस्या भएको जिकिर गर्दै उहाँले मुलुकमा देखिएको राजनीतिक अस्थिरतामा शीर्ष नेतृत्व जिम्मेवार रहेको बताउनुभयो ।

राजनीतिक संकटका कारण लोकतन्त्र नै संकटमा परेको उहाँको भनाइ थियो । यसबाट संघीयता नै संकटमा पर्दै गएको मुख्यमन्त्री गुरुङले बताउनुभयो । पछिल्लो समय राजनीतिक दल विभाजित हुँदा लोकतन्त्र संकटमा पर्दै गएको उहाँले बताउनुभयो ।

वैठकमा मुख्यमन्त्री गुरुङले राख्नुभएको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको छ । प्रस्तावको पक्षमा २७ र विपक्षमा ३० मत परेको थियो । विश्वासको मत पाउन नसकेपछि गुरुङ मुख्यमन्त्रीबाट पदमुक्त हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…