Logo असार १, २०७८ मंगलबार


कांग्रेसका युवा नेता गणेश लामा पोखराबाट पक्राउ, राजनीतिक चलखेलको आशंका

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गणेश लामा पक्राउ परेका छन् ।

निषेधाज्ञाका बीच पोखरा पुग्नुभएका लामालाई प्रहरीले क्याटवाक रेस्टुरेन्टबाट पक्राउ गरिएको हो ।

लेकसाइडको खहरेस्थित पोखरा बुटिकमा बसेका लामा पछि क्याटवाक रेस्टुरेन्ट पुगेको सूचनाका आधारमा प्रहरीले घेरा हालि नियन्त्रणमा लिएको हो । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्ब गुरुङले विश्वासको मत लिने बेलामा लामा पोखरामा पुग्नुलाई राजनीतिक मानिएको छ ।

राजनीतिक चलखेलका लागि उहाँ काठमाडौंबाट पोखरा पुग्नुभएको बताइएको छ ।

प्रदेशका मन्त्री दिपक मनाङेलाई प्रदेश सभामा अनुपस्थित गराउन लामाको भूमिका रहेको प्रहरीको आशंका छ । हिजो बेलुकीदेखि सम्पर्कबिहिन बनेका मनाङे आज प्रदेश सभामा भएको मतदानमा अनुपस्थित भएका थिए । स्रोतका अनुसार कुनै समय एकै गुटका लामा र मनाङ्गेबीच केही वर्ष यता भने सम्बन्ध राम्रो छैन ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…