Logo जेठ ३०, २०७८ आइतबार


अदालतको फैसला कुर्दै निर्वाचन आयोग, तयारी साउनदेखि मात्रै

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक २६ र मंसिर ३ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारी साउनदेखि मात्रै अगाडि बढाउने भएको छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका क्रममा रहेको र निर्वाचन तयारीका लागि समेत पर्याप्त समय रहेकाले आयोग यस्तो निष्कर्षमा पुगेको हो । यसअघि गत पुस ५ गते प्रतिनिधिसभा विघटन भई वैशाख १७ र २७ गते तोकिएको निर्वाचनका लागि भने आयोगले तत्कालै तयारीको काम अघि बढाएको थियो ।

संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सुनुवाइकै क्रममा रहेको र निर्वाचनका लागि ५ महिना बाँकी रहेकाले तयारीको काम तीव्र नबनाइएको आयोग स्रोतले बतायो । ‘सरकारले निर्वाचन घोषणा गरेपछि त्यसको तयारी गर्नु आयोगको संवैधानिक दायित्व हो, त्यसमा हामी प्रतिबद्ध पनि छौं,’ एक आयुक्तले भने, ‘तर अहिले पाँच महिनाभन्दा बढी समय छ। मुद्दा सर्वोच्च अदालतमा सुनुवाइकै क्रममा छ ।

अदालतबाट निर्णय आयो भने हामीलाई सोही अनुसार अघि बढ्न झनै सहज हुन्छ ।’ उनले यसअघि पहिलो पटक प्रतिनिधिसभा विघटन गरी गत वैशाख १७ र २७ मा तोकिएको निर्वाचनको तयारीका लागि गरिएको मतदाता नामावली संकलन, मतदान केन्द्र अद्यावधिकलगायतका थुप्रै काम आगामी निर्वाचनमा पनि काम लाग्ने भएकाले आयोगलाई तयारीको चाप नरहेको बताए ।,

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…