Logo जेठ ३०, २०७८ आइतबार


सभामुख अग्नी सापकोटाले संसद विघटनविरुद्ध चाल्ने असाधारण कदम के हो ?

काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटाले आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक आह्वान गर्नुभएको छ ।

सभामुख सापकोटाको आह्वानमा दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा पूर्व प्रधानमन्त्रीसहित प्रतिनिधिसभाका सबै दलका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो । बैठकमा समसामयिक विषयमा छलफल गर्ने सभामुख सापकोटाको सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आमन्त्रण गरिएको भए पनि ओली सहभागी नहुने बालुवाटारले प्रष्ट पारिसकेको छ ।

संसद विघटनविरुद्ध असाधारण कदम पनि चाल्न सक्ने चेतावनी दिदै आउनुभएका सभामुख सापकोटाले आज सर्वदलीय बैठक बोलाउनुभएको हो । बैठकमा छायाँ संसदका रुपमा वहस गर्ने सापकोटाको तयारी छ । तर उहाँले भन्दै आउनुभएको असाधारण कदम के हो ? भन्नेबारे भने अहिलेसम्म प्रष्ट पार्नुभएको छैन ।

दोस्रो पटक संसद विघटन भएपछि सभामुख सापकोटाले जेठ १३ मा कानुनविदहरुसँग परामर्श गर्नुभएको थियो । कानुनविदसँगको परामर्शका क्रममा सापकोटाले संसद विघटनविरुद्ध असाधारण कदम पनि चाल्न सक्ने चेतावनी दिनुभएको थियो । संविधान, लोकतन्त्र, जनताको अधिकारका लागि असाधरण कदम चाल्न तयार रहेको उहाँको भनाइ थियो । घण्टा घण्टाका सबै परिस्थितिलाई मूल्यांकन गरेर अघि बढ्न सक्ने चेतावनी पनि उहाँले दिनुभएको थियो ।

केही कानुनविद्हरुले सभामुखलाई संसद अधिवेशन आह्वानका लागि राष्टपति समक्ष सिफारिस गर्न सुझाव समेत दिएका थिए । कानुनविद्हरुसँगको छलफलपछि गतसाता सभामुखले पूर्व सभामुखहरुको बैठक बोलाउनुभएको थियो ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ जारी नै रहेको अवस्था छ । सर्वोच्चमा विचराधीन अवस्थामा रहेको विषयलाई प्रभावित हुने गरि सभामुखले एकपछि अर्को बैठक र छलफल गर्नु कानुनतः अमिल्दो रहेको कतिपय कानूनका जानकारहरुले बताएका छन् ।

सभामुख सापकोटाको यस्तो कदम संविधानको भावना विपरित मात्र नभई अदालतको अवमूल्यन समेत हुने कानूनविद विपिन अधिकारीले दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…