Logo जेठ ३०, २०७८ आइतबार


राउटे युवतीमाथि करणी गरेको युवाहरुद्वारा स्वीकार , छुट्टै रणनीतिमा कारबाही गरिदै

काठमाडौं । सुर्खेतमा दुई जना राउटे युवतीमाथि करणी गरेको स्वीकारेका युवाहरुविरुद्ध कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।

अभियुक्तहरुले अपराध सकारेपछि प्रहरी थप दबाबमा परेको छ । ती युवासँग लसपस गरेको थाहा पाए आफ्नै समुदायबाटै युवतीहरुको ज्यानलाई खतरा हुने भएपछि अनुसन्धानमा संलग्न प्रहरीहरु अप्ठ्यारोमा परेका हुन् । करणी भएको निश्चित समय अवधिभित्र युवतीहरुको स्वास्थ्य परीक्षण गर्नुपर्ने भए पनि घटनाका बारेमा राउटे समुदायसम्म खबर पुग्ने डरले प्रहरी के गर्ने भन्ने द्धिविधामा परेको थियो ।

राउटे समुदायले बाहिरी समाजसँगको उठबसलाई राम्रो ठान्दैन । ती युवतीसँग सुर्खेतका युवाहरुको लसपस थाहा पाए समुदायभित्रैबाट लास गायव हुने खतरा छ । यसर्थ अहिले कर्णाली प्रदेश सरकारले उक्त समुदायको विशेष निगरानीको लागि वस्ती वरिपरि सशस्त्र र नेपाल प्रहरी परिचालन गरेर सुरक्षा गस्ती बढाइएको छ ।

गुर्भाकोट नगरपालिका ११, आँपसोतीस्थित भेरी नदी किनारमा बस्दै आएका लोपोन्मुख राउटे समुदायको सुरक्षा र अन्य व्यवस्थापनको लागि कर्णाली प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयअन्तर्गत एउटा कमिटी नै गठन गरेको छ । प्रारम्भिक अवस्थामा युवतीहरुको सुरक्षा व्यवस्था प्रमुख रहेको मन्त्रालयको भनाइ छ ।

निकै पिछडिएको राउटे समाजमा आफ्नो समुदायभन्दा बाहिरका परपुरुषसँग लागेको थाहा पाएमा युवतीहरुको जीवन नै जोखिममा पर्ने भएकाले प्रशासनले विशेष सतर्कता अपनाएको बताइएको छ ।

शारीरिक शोषणमा परेका राउटे युवतीहरु समुदायभित्रै छन् । उक्त घटनाबारे समुदाय हालसम्म अनभिज्ञ रहेको बताइन्छ । त्यसैले मुखियाहरुको आँखा छलेर युवतीहरुको स्वास्थ्य र शारीरिक परीक्षण गर्न प्रशासनले छुट्टै प्रक्रिया अपनाएको छ ।

सहजीकरणको लागि मन्त्रालयले एउटा टोली राउटे बस्तीको क्षेत्रमा खटाएको छ । उक्त टोलीले घटनासँगै राउटे बस्तीको समेत निगरानी गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…