Logo जेठ ३०, २०७८ आइतबार


प्रहरीको भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

दाङ । दाङमा प्रहरीको भ्यानले ठक्कर दिँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।

राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा प्रहरीको भ्यानले विहीवार राति ठक्कर दिँदा भे १ प ८४२२ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको हो ।

काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय बाँके ल्याउँदै गरिएको लु अ च ५३३४ नम्बरको प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिएको थियो।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले मृतकको पहिचान खुल्न बाँकी रहेको बताए।

मोटरसाइकल चालक करिब २५ वर्षका युवक हुन्। मोटरसाइकललाई ठक्कर दिने प्रहरी भ्यान प्रहरीले नियन्त्रणमा राखेको छ।

प्रहरीको गाडीसँग ठोक्किएर मोटरसाइकल सडक छेउको विजुलीको पोलमा पनि ठक्कर खाएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…