Logo जेठ ३०, २०७८ आइतबार


‘कोरोना पूर्णरुपमा नियन्त्रण नहुँदासम्म निषेधाज्ञा हट्दैन, तत्काल सवारीसाधन चल्दैन’

काठमाडौं । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले तत्काल सवारीसाधन नचल्ने बताउनुभएको छ ।

देशका ७५ जिल्लामा जारी निषेधाज्ञाको मोडालिटी असार १ देखि हेरफेर गर्ने तयारी भए पनि सवारीसाधनलाई भने तत्काल खुला नगरिने उहाँले बताउनुभयो । अहिलेको समय कृषि र खेतीपातीको समय भएकोले त्यसैलाई मध्यनजर राखी निषेधाज्ञाको मोडालिटी बनाइने प्रवक्ता दाहालको भनाइ छ ।

सवारीसाधन सञ्चालन गर्ने विषयमा मन्त्रालयले अहिलेसम्म केही नसोचेको उहाँले जानकारी दिनुभयो । सवारीसाधन सञ्चालन गर्दा झनै संक्रमण बढ्ने भएकाले अहिले सवारीसाधन सञ्चालन गर्ने कुनै तयारी नभएको उहाँले प्रष्ट पार्नुभयो ।

आर्थिक गतिविधि सञ्चालन गर्न सहजीकरण गर्ने भन्ने कुरा आइरहँदा प्रवक्ता दाहालले शहर बजारमा व्यापार–व्यवसाय पनि अहिले नै सञ्चालन नहुने बताउनुभयो ।

अहिले पनि समय मिलाएर अत्यावश्यक सामग्री खरिदविक्रीमा सहज बनाइएको बताउदै उहाँले व्यापार–व्यवसाय पूर्णरुपमा खुला गर्ने अवस्था बनिनसकेको बताउनुभयो । निषेधाज्ञा जारी भएकाले संख्यात्मक हिसावले थोरै कोरोना संक्रमण घटे पनि उल्लेख्य घटिसकेको छैन । जनस्वास्थ्य विज्ञले असारमा झन् बढी कोरोना संक्रमण फैलिने अनुमान गरेकाले निषेधाज्ञा हटाइहाल्ने अवस्था नरहेको प्रवक्ता दाहालको भनाइ छ ।

अघिल्लो वर्षको जस्तो पूर्ण लकडाउन नभएकोले जनजीवन पूर्णरुपमा प्रभावित भएको अवस्था नभएको उहाँको दाबी छ ।

निषेधाज्ञाले राम्रो प्रभाव पारेको मन्त्रालयको निष्कर्ष रहेको बताउदै उहाँले कोरोना पुर्णरुपमा नियन्त्रण नहुँदासम्म निषेधाज्ञा नहटाउने कि भन्ने बारे समेत छलफल भइरहेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…