Logo जेठ ३०, २०७८ आइतबार


यथास्थितिमा पार्टी एकताको रटान रट्नु प्रतिगमनको मतियार हुनु : नेता पौडेल

काठमाडौं । नेकपा एमालेका नेता डा विजयकुमार पौडेलले यथास्थितिमा पार्टी एकताको रटान रट्नु प्रतिगमनको मतियार बन्ने बताउनुभएको छ ।

सामाजिक सञ्जाल मार्फत उहाँले पार्टीभित्र केही नेताहरु अध्यक्ष केपी शर्मा ओलीबाट भएका गम्भीर राजनीतिक अपराधहरूलाई एकताको नाममा चोख्याउने कार्यमा लागेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

नेता पौडेलले लेख्नुभएको छ,’केही साथीहरू विचार, सिद्धान्त, नैतिकता र गरेका गम्भीर अपराधप्रति जवाफदेही केही पनि आवश्यक छैन, एकता भए पुग्छ भन्ने गरी लाग्नु भएको देखिन्छ । एकता अग्रगमनका लागि कि केपी ओलीजीबाट भएका गंभीर अपराधहरूमा सुनपानी छर्किंदै त्यसको भारी बोक्नका लागि ? वा अर्को शब्दमा भन्दा प्रतिगमनको मतियार हुनका लागि ?’

नेता पौडेलले अब त ओलीले गम्भीर आत्मालोचना गर्दै राजीनामा दिएर नेतृत्व खाली गर्नु नै एकताको पहिलो आधार हुनसक्ने जिकिर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…