Logo असार १, २०७८ मंगलबार


सामूहिक बलात्कारको आरोपमा एकजना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा एक जना युवतीलाई सामुहिक बलात्कार गरेको आरेपमा एकजना पक्राउ परेका छन् । जिल्लको बेदकोट नगरपालिका–५ धरमपुरकी १९ वर्षीय युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बेदकोट–६ ओझाखालीका २२ वर्षीय धनबहादुर विक रहेका छन् । प्रहरीले उनलाई शुक्रबार बिहान पक्राउ गरेको हो । घटनामा संलग्न अर्का एकजना फरार रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिनु भयो ।

प्रारम्भिक अनुसन्धानमा युवतीलाई ललाई फकाई गाउँ नजिकैको नर्सरीमा लगेर बलात्कार गरेको कुरा खुल्न आएको र बलत्कृत युवतीको महाकाली अस्पतालमा स्वास्थ्य परीक्षण गराईएको उहाँको भनाई छ ।

बलात्कृत युवती शारीरिक रुपमा अशक्त रहेको बताइएको छ । युवतीमाथि बिहीवार दिउँसो सामूहिक बलात्कार भएको बताइएको छ । फरार आरोपीको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।