Logo जेठ ३०, २०७८ आइतबार


जनमोर्चाका सांसद कृष्ण थापा पुनः पदमुक्त

कास्की । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापा पुनः पदमुक्त हुनुभएको छ ।

जनमोर्चाको सिफारिशमा गण्डकी प्रदेशका सभामुख नेत्रराज अधिकारीले सांसद थापा पदमुक्त भएको घोषणा गर्नुभएको हो । प्रदेश सभामा पार्टीको ह्विप उल्लंघन गरेकाले थापालाई कारबाही गरिएको जनमोर्चाले जनाएको छ।

बिहीबार प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभएको थियो । जनमोर्चाले विश्वासको मतको विपक्षमा मतदान गर्न, तटस्थ नबस्न र अनुपस्थित नहुने ह्विप जारी गरेको थियो।

तर, थापा पार्टीको ह्वीप विपरित तटस्थ बस्नुभएको थियो । ह्विप उल्लंघन गरेर तटस्थ बसेकाले कारबाही गरिएको जनमोर्चा सचेतक पियारी थापाले बताउनुभयो ।

यसअघि पनि जनमोर्चाले थापालाई कारबाही गरेको थियो। तर, सर्वोच्च अदालतले प्रक्रिया नपुगेको भन्दै अन्तरिम आदेशमार्फत थमौति गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।