Logo असार १, २०७८ मंगलबार


श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

इलाम । इलामको देउमाई नगरपालिका–४ चित्रेमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा देउमाई–४ का ताकबहादुर तामाङ रहेका छन् ।

घरमा सामान्य विवाद हुँदा ताकबहादुरले धारिलो हतियार (दाउ)ले ४६ वर्षीया ताकमायाको घाँटी काटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ ।

हत्याका आरोपी तामाङलाई इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षकको कमाण्डको टालीले तत्काल पक्राउ गरेको छ र प्रहरीले हत्यामा प्रयोग गरेको धारिलो हतियारसहित नियन्त्रणमा लिई अनुसन्धान गरिहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी लालध्वज सुवेदीले जानकारी दिनु भयो ।

उनिहरु भोजपुरको ओख्रे स्थायी घर भई एक वर्षदेखि इलाम बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…