Logo जेठ ३०, २०७८ आइतबार


ताताेपानी नाकाकाे विकल्प टिमुरे सडककाे दुरावस्था, स्थानीय सास्तीमा

फाइल तस्वीर

रसुवा । सडकको अवस्था रामो नहुँदा टिमुरेका सर्वसाधारणले दुःख भोग्नु परेको छ । सिन्धुपाल्चोकको तातोपानी नाकाको विकल्पमा हेरिएको रसुवाको टिमुरेसम्म पुग्ने सडकको दुरावस्थाले स्थानीय जनताले दुःख पाएका हुन् ।

रसुवाको धुन्चेदेखि छिमेकी राष्ट्र चीन जोडिने नाका टिमुरेको सडकको अवस्थाले स्थानीय जनताको दैनिकमा समेत नकारात्मक असर परेको छ । हिमाली क्षेत्र भएकोले यस क्षेत्रमा पर्याप्त उब्जनी हुँदैन । सबैकुरा किनेर चलाउनुपर्ने हुन्छ । सडकको अवस्था राम्रो नहुँदा पर्याप्त सामान नपाइने पाइएको सामान महँगो हुने, बासि सडेगलेको खाद्यान्न पुग्ने भएकोले स्थानीयले दुःख पाएका छन् ।

टिमुरेकी स्थानीय तारा रानामगरले खाद्यान्न लत्ताकपडा र तरकारी समेतमा काठमाडौंको भर पर्नुपरेको बताउनुभयो । यस्तै, अर्का स्थानीय व्यावसायी वल बहादुर घर्ती मगरले खराब बाटोको मारसँगै कोरोना संक्रमणको जोखिमको कारणले लगाइएको निषेधाज्ञाले समेत दुःख पाएको बताउनुभयो ।

धुन्चे टिमुरे सडक खण्डको स्तरोन्नति गर्ने विषय वर्षौदेखि योजनामा परेपनि समयमै काम हुन सकिरहेको छैन । मुख्य शहर जोड्न बाटो लामो भएको र सडकको अवस्था पनि सुध्रन नसकेपछि व्यापार, व्यवसाय पनि हुन छाडेको छ । टिमुरेकै स्थानीय छुनी डोल्मा लामाले बिरामी भएर अस्पताल जानसमेत बाटोको कारण समस्यामा परेको बताउनुभयो ।

यस्तै, रसुवाका पूर्व सांसद मोहन आचार्यले सडकको स्तरोन्नति गर्न सरकारसँग विभिन्न चरणमा छलफल भएपनि मूर्तरुप पाउन नसकेको बताउनुभयो । उत्तरी छिमेकी चीनसँग जोड्ने सहज नाकाको रुपमा हेरिएपनि आवश्यक भौतिक पूर्वाधारको कमिले प्रयोगमा आउन नसकेको पूर्व सांसद आचार्यले बताउनुभयो । सरकारले यस सडक खण्डलाई एक निर्वाचन एक रणनैतिक सडक कार्यक्रम अन्तर्गत पारेको हुँदा आगामी आर्थिक वर्षमा काम हुने विश्वास ब्यक्त गर्नुभयो । यो सडकलाई पवित्र धार्मिक स्थल गोसाईकुण्ड जाने बाटोमा परिणत गर्नसके धार्मिक पर्यटनबाट आयआर्जन गर्न सकिने पूर्वसांसद मोहन आचार्यले बताउनुभयो ।

यो सडक पासाङल्ह्यामु राजमार्गको नामले पनि चिनिन्छ । यस सडकको ठिक तल मैलुङ स्याफ्रुबेसी सडक पर्दछ । मैलुङ स्याफ्रुबेसी सडक टिमुरेसम्म पुग्ने भएकोले पासाङल्ह्यामु राजमार्ग कतै ओझेलमा पर्ने हो कि भनेर स्थानीय चिन्तित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…