Logo जेठ ३०, २०७८ आइतबार


सभामुखको आह्वानमा सर्वदलीय बैठक शुरु, अधिकांश शीर्ष नेताहरुको सहभागीता

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सर्वदलीय बैठक शुरु भएको छ ।

नयाँबानेश्वरस्थित संसद भवनको ल्ल्होत्से हलमा शुरु भएको बैठकमा प्रतिनिधि सभाका सबै दलहका शस्र्ष नेताहरुलाई आमन्त्रण गरिएको छ । बैठकमा सहभागी हुन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उपस्थित हुनुभएको छ । यस्तै जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री डा बाबराम भट्टराईको पनि सहभागीता रहेको छ । अन्य दलहरुमा राप्रपाबाट दीपक बोहोरा र नेमकिपाबाठ प्रेम सुवालले सहभागीता जनाउनुभएको छ । पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाल भने अस्वस्थ्यताका कारण भर्चुअल रुपमा सहभागी हुनुभएको छ । राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल अझै बैठकमा पुगिसक्नुभएको छैन ।

जसपाका अध्यक्ष महन्थ ठाकुरको भने वैठकमा अनुपस्थिति रहेको छ । यस्तै पूर्वप्रधानमन्त्रीका तर्फबाट लोकेन्द्रबहादुर चन्द अनुपस्थित हुनुहुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि वैठकमा सहभागी हुन पत्रचार गरिए पनि उहाको सचिवालयले अनुपस्थित हुने जानकारी यसअघि नै गराइसक्नुभएकोले आजको वैठकमा कुर्सीको व्यवस्था नै गरेको छैन ।

प्रधानमन्त्री ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्नुभएपछि पछिल्लो समय सभामुख सापकोटाले छलफल र पराशर्मलाई तीव्र बनाउदै आउनुभएको छ । यसअघि कानूनविद र पूर्वसभामुखहरुसँग छलफल गरिसक्नुभएका सभामुखले आज संसदका दलका शीर्ष नेताहरुको बैठक बेलाउनुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…