Logo जेठ ३०, २०७८ आइतबार


सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीलाई कुर्सी छैन, महन्थको कुर्सी खाली

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठकमा प्रतिनिभिसभामा प्रतिनिधत्व गर्ने अधिाकांश दलका शर्षि नेताहरु उपस्थित हुनुभएको छ ।

नयाँबानेश्वरस्थित संसद भवनको ल्ल्होत्से हलमा अहिले जारी बैठकमा पूर्व प्रधानमन्त्री र दलका शीर्ष नेताहरुका लागि आ आफ्नो नेमप्लेटसहितको कुर्सीको व्यवस्था गरिएको छ । तर प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि भने आजको बैठकमा कुर्सीको व्यवस्था गरेको छैन । आजको वैठकमा सहभागी हुन सभामुखको सचिवालयले सबैभन्दा पहिले प्रधानमन्त्री ओलीलाई पत्र पठाएको जनाएको छ । तर ओलीको सचिवालयले वैठकमा सहभागी हुन असमर्थ रहेको जानकारी गराएपछि वैठकमा उहाँका लागि कुर्सीको व्यवस्था नगरिएको बताइएको छ ।

कुर्सीको व्यवस्था गरिए पनि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि अनुपस्थित रहनुभएको छ । जसपाको ठाकुर पक्ष ओली नेतृत्वको सरकारको सत्ता साझेदार हो । तर जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव र नेता डा बाबुराम भट्टराई भने वैठकमा उपस्थित हुनुहुन्छ । राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल अझै बैठकमा पुगिसक्नुभएको छैन । उहाँका लागि कुर्सीको व्यवस्था गरिएको छ ।

बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उपस्थित हुनुभएको छ । साना दलबाट राप्रपाका दीपक बोहोरा र नेमकिपाबाट प्रेम सुवालले सहभागीता जनाउनुभएको छ । पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाल भने अस्वस्थ्यताका कारण भर्चुअल रुपमा सहभागी हुनुभएको छ ।

पूर्वप्रधानमन्त्रीका तर्फबाट लोकेन्द्रबहादुर चन्द अनुपस्थित हुनुहुन्छ । उहाँका लागि कुर्सीको व्यवस्थापन गरिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…