Logo असार १, २०७८ मंगलबार


सप्तरीका किसानलाई चैते धान काट्न चटारो

विद्यानन्द राम
सप्तरी । जिल्लाका किसानलाई चैते धान काट्ने चटारो सुरु भएको छ । अहिले छिन्नमस्ता गाउँपालिका लगायत पूर्वी र पश्चिमी क्षेत्रमा कृषकहरु चैते धान काट्नमा व्यस्त भएका हुन् ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका खुदीबखारी, कोचाबखारी, सखडा, लोखरम, वरही विरपुर, लालापट्टि लगायतका क्षेत्रमा झण्डै १ सय विघा क्षेत्रफलमा लगाइएको चैते धान काट्न  कृषकहरु व्यस्त छन् । यद्यपी, गत वर्षको अनुपातमा उत्पादनमा देखिएको कमीले कृषकहरु निरास बनेका छन् ।

यसवर्ष चैते धानमा किराको प्रकोप देखिएका कारण उत्पादनमा कमी आएको छ भने धानको खरिद मूल्य पनि न्यून नै रहेकाले लगानी उठ्न पनि कठिन हुने कृषककाे गुनासाे छ ।

मौसमी सिँचाईले मात्र चैते धानलाई नपुग्ने र सिँचाईको समेत अभाव नै रहेकाले बोरिङ्ग र मोटरबाट सिँचाई, महँगोमा मलखाद्य र किट नाशक खरिद तथा मजदुर गरेर चैते धान लगाउन बढी नै महँगो पर्ने गरेको कृषकको भनाइ छ ।

जिल्लाको छिन्नमस्तासहित तिरहुँत गाउँपालिका तथा खडक नगरपालिका सहितका ठाउँ गरी गत वर्ष सप्तरीमा २१५ हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको थियो । जसबाट ४ देखि ५ मेट्रिक टनको हिसाबले १ हजार १२५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

किसानले भने जस्तै कृषि ज्ञान केन्द्र राजविराजले पनि यसवर्क्ष धान उत्पादनमा कमी हुने बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।