Logo जेठ ३०, २०७८ आइतबार


कांग्रेस नेता गणेश लामा हिरासतमुक्त, दुई हजार जरिवाना

काठमाडौं । कास्कीमा पक्राउ परेका कांग्रेस युवा नेता गणेश लामा हिरासतमुक्त हुनुभएको छ ।

प्रहरीले लामासहित तीनजनालाई हिजो पक्राउ गरेको थियो ।
निषेधाज्ञा उल्लंघन गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय कास्कीले तीनैजनाको बयानपछि २ हजार रुपैयाँ जरिवाना तिराएर आज रिहा गरेको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले निषेधाज्ञा तोडेको विषयमा ऐनबमोजिम सामान्य जरिवाना तिराएर छाडिएको जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत लिने दिनको पूर्वसन्ध्यामा लामा पोखरा पुगेपछि राजनीतिक चलखेलको आशंकामा प्रहरीले हिरासतमा लिएको चर्चा भएको छ ।

तर जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुवास हमालले लामामाथि निषेधाज्ञा तोडेको बाहेक अरु आरोप नभएको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…