Logo जेठ ३०, २०७८ आइतबार


कोरोना खोपः सुगममा भटाभट, दुर्गममा कठिन

उदयपुर । उदयपुरको कटारी नगरपालिकामा कोरोनाविरुद्धको भेरोसिल खोप लगाउन कठिन भएको छ । नगरपालिकाको धेरै जसो भु-भाग दुर्गममा भएकाले खोप केन्द्र सम्म आउन जान समस्या भएकाले खोप लगाउन कठिन भएको हो ।

नगरपालिकामा भएको कटारी अस्पतालको केन्द्रमा बुधबार र बिहीबार २ दिनमा २१२ जनालेमात्र खोप लगाएका हुन् । बुधबार ५० जना र बिहीबार १६२ जनाले खोप लगाएको कटारी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । कटारी नगरपालिकाका ६ वटा वडा दुर्गम भेगमा पर्छन् । कटारी नगरपालिका वडा नम्बर १४ घुर्मीबाट खोप केन्द्रसम्म आउन ४६ किलोमिटर दुरी रहेको छ ।

घुर्मी कटारी ४६ किमी सडक यात्राका लागि कम्तीमा पनि एक दिन लाग्ने वडा नम्बर ८ का वडाध्यक्ष कमल श्रेष्ठले बताउनु भयो । कटारी बजारको अस्पताललाई केन्द्र बनाएर खोप लगाउँदा कटारी नगरपालिकाका ६ वटा वडाका वडाबासी वञ्चित हुनुपरेको उहाँको गुनासो छ ।खोप केन्द्र निर्धारण गर्दा पहाडी भेगलाई विभेद गरिएको उहाँको आरोप छ ।

वडा नम्बर ११ का वडाध्यक्ष दीपक बुढाक्षेत्रीका अनुसार टाढाका वडाबाट कटारी अस्पतालमा आउन समस्या भएकाले खोपबाट वडाबासी वञ्चित भएका छन् । आफुहरुले हरेक वडामा रहेका वडा स्वास्थ्य ईकाइबाट खोप प्रदान गर्नु पर्छ भन्दा पनि आफुहरुमो माग प्रति कसैले चासो नदेखाएको उहाँको गुनासो सहेको छ ।

नगरपालिकाका ५० प्रतिशत जनता दुर्गममा बस्ने भएका कारण दुर्गममा खोेप सपना जस्तै भएको छ । नगरपालिकामा खोप केन्द्र एउटा मात्र भएका कारण पनि यो समस्या भएको कटारी नगरपालिा स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालको भनाई छ ।

नगरपालिकाको खोप केन्द्र सम्म सर्वसाधरणलाई आउन जना समस्या भएका कारण र नगरिक दवाव आएपछि नगरको ८ देखि १४ नम्बर वडाका लागि वडामै केन्द्र बनाएर खोप लगाउन जाने तयारी नगरपालिकाले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।