Logo जेठ ३०, २०७८ आइतबार


गण्डकीमा नयाँ सरकार गठन गर्न आह्वान, भोलि दिउँसो ३ बजेसम्मको समयसीमा

कास्की । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले गण्डकीमा नयाँ सरकार गठन गर्न आह्वान गर्नुभएको छ ।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले विश्वासको मत पाउन नसकेको पत्र प्रदेश सभा सचिवालयबाट प्राप्त भएको भन्दै उहाँले भोलि शनिबार दिउँसो ३ बजेभित्र प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सभा सदस्यलाई सरकार गठन गर्न आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख पौडेलले अर्को मन्त्रीमण्डल गठन नहुँदासम्म अहिलेकै सरकारलाई काम गर्ने जिम्मेवारी तोक्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रदेशसभाको हिजोको वैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मत माग्नुभएको थियो । तर मतविभाजन हुँदा उहाँको पक्षमा २७ मत मात्र परेको थियो । यस्तै विपक्षमा ३० मत परेको थियो । सरकार गठनका लागि आवश्यक ३१ मत पाउन नसकेपछि मुख्यमन्त्री गुरुङ हिजै पदमुक्त हुनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।