Logo जेठ ३०, २०७८ आइतबार


काँग्रेसका प्रमुख सचेतक केदार कार्कीको ‘प्रधानमन्त्री बा सम्मान’ कार्यक्रम राख्न सुझाब

प्रदेश १ को नीति तथा कार्यक्रममाथि छलफल

विराटनगर । प्रदेश सरकारले प्रदेश प्रमुखमार्फत बिहीबार प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रमबारे विपक्षी दलहरुले खरो टिप्पणी गरेका छन् । नेपाली काङ्ग्रेस प्रदेश १ प्रमुख सचेतक केदार कार्कीले प्रदेशमा ‘प्रधानमन्त्री बा सम्मान’ कार्यक्रम ल्याउन सरकारलाई व्यंग्यात्मक सुझाव दिनु भएको छ ।

नीति तथा कार्यक्रममा राष्ट्रपति आमा सम्मान कार्यक्रम आएकोप्रति टिप्पणी गर्दै कार्कीले प्रधानमन्त्री बा सम्मान कार्यक्रम छुटेको बताउनु भएको हो । २०७६–२०७७ को नीति तथा कार्यक्रमका कुनैपनि कुरा पुरा नभएको बेला २०७८ मा तिनै कुरा, दोहोरिएको र कतिपय थप नारा ल्याएको उहाँले बताउनु भयो । नयाँ कार्यक्रममा राष्ट्रपति आमा सम्मान कार्यक्रम आयो, प्रधानमन्त्री बा सम्मान कार्यक्रम पनि राख्न पाएको भए अझ राम्रो हुने उहाँको ब्यंग्यात्मक भनाई रहेको थियो । उहाँले आमाको मात्र संरक्षण गरेर नहुने भन्दै बाको संरक्षणमा पनि ध्यान दिन सरकारलाई सुझाब दिनु भएको हो ।

नीतिमा कार्यक्रममा आश्वासनको पुलिन्दा मात्रै बाँडिएको भन्दै कार्कीले जनताको प्रतिनिधि संस्थालाई बदनाम गर्न कार्यान्यन नहुने कार्यक्रम राखिएको बताए । व्यवस्थालाई गाली गर्ने खालको नीति कार्यक्रम सरकारले ल्याएको उनको भनाइ छ । यो पटक पनि कपी पेस्टकै रुपमा नीति तथा कार्यक्रम आएकोभन्दै कार्कीले केही बुँदा थप्ने काम भएको र यसरी थप्ने मानिस पनि हाँसेर मुर्छा परेको होला भन्दै आलोचना समेत गर्नु भएको थियो।

काँग्रेसका प्रदेशसभा सदस्य प्रकाशप्रताप हाङ्गामले सीमामा तारबार लगाउन प्रदेश सरकारलाई आग्रह गर्नु भएको थियो । पर्खाल लगाउन नसकेपछि जमिनको सुरक्षाका लागि तारबार गर्नुपर्ने उहाँको भनाइ छ । नीति कार्यक्रममा सीमा तारबारको योजना नसमेटिएको बताउँदै उहाँले समेट्न आग्रह गर्नु भयो ।

प्रदेशसभाको बैठकमा मुख्यमन्त्री अनुपस्थित भएकोमा पनि सांसदहरुले आपत्ती जनाएका थिए । सरकारको नीति तथा कार्यक्रमबारेको छलफलमा अनुपस्थित हुने मुख्यमन्त्री प्रदेशसभा र आफ्नै कार्यक्रमप्रति कति उत्तरदायी छन् भन्ने प्रश्न उठेको उसांसदहरुको भनाइ थियो । प्रदेशसभालाई बेवास्ता गर्ने मुख्यमन्त्रीले काठमाडौं गई ट्युसन पढेर आएपछि प्रदेशसभामा गीत, उखान टुक्कासमेत सुनाउन भ्याएको भन्दै काँग्रेस सचेतक कार्कीले आलोचना गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…