Logo असार १, २०७८ मंगलबार


चीनले लगायो ८५ करोड कोरोनाविरुद्धको खोप

एजेन्सी । चीनले अहिलेसम्म ८५ करोड कोरोनाविरुद्धको खोप लगाएको छ । विश्वमा हालसम्म सबैभन्दा बढी कोरोनाविरुद्धको खोप लगाउनेमा चीन पहिलो नम्बरमा देखिएको छ ।

विश्वमा हालसम्म संयुक्तराज्य अमेरिका ३० करोड ४८ लाख खोप लगाएर दोस्रो स्थानमा कायम भएको छ भने भारत २४ करोड खोपका साथ कोरोनाविरुद्धको खोप लगाउने राष्ट्रमा तेस्रो भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हाल ३७ लाख ८९ हजार व्यक्तिको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । विश्वभर कूल १७ करोड ५६ लाख संक्रमित भएका मध्ये १५ करोड ९२ लाख संक्रमणमुक्त भएका छन् ।

हालसम्म संयुक्तराज्य अमेरिकामा ६ लाख १४ हजार, भारतमा ३ लाख ६३ हजार, ब्राजिलमा ४ लाख ८२ हजार, फ्रान्समा १ लाख १० हजारको ज्यान गएको छ ।

कोरोनाभाइरसको संक्रमणबाट जोगाउन खोप नै सर्वोत्कृष्ठ उपाय रहेको अध्ययनहरुले देखाए पनि विश्वका सबैजसो मुलुकमा समानुपातिक रुपमा खोप उपलब्ध हुन नसक्दा खोप लगाउने अभियान सहज हुन नसकेकाे विश्व स्वास्त्य संगठनले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।