Logo असार १, २०७८ मंगलबार


निषेधाज्ञा प्रभावित नागरिकलाई खाद्यान्न सहयोग

ओखलढुंगा । सोच नेपालले निषेधाज्ञाका कारण बिहान बेलुका छाकटार्न समस्या भएका चिशंखुगढी गाउँपालिकाका नागरिकलाई खाद्यान्न सहयोग गरेको छ । कोरोना भाईरस संक्रमणको महामारीका कारण रोजगारी गुमाएर विहान वेलुकाको छाक टार्न मुस्किल भएका चिशंखुगढी–६ भदौरेका २३ घर परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।

भदौरेका २३ घर परिवारलाई प्रति परिवार ३० केजी चामल, डेढ केजी दाल, १ केजी नुन र १ लिटर तेल उपलब्ध गराएको हो । निषेधाज्ञा लागू भएको डेढ महिना वित्दै गर्दा दैनिक ज्यालामजदुरी गरेर विहान वेलुकाको छाक टार्ने नागरिकहरुको दिनचर्या कष्टकर बन्दै गए पछि सोचले खाद्यन्न उपलव्ध गराएको सोच नेपालका जिल्ला कार्यक्रम अधिकृत बोध नारायण श्रेष्ठले बताउनु भयो ।

सो अवसरमा चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माल विपन्न र दैनिक छाकटार्न धौधौ भएकाहरुलाई खाद्यान्न सामाग्री उपलब्ध गराएर सोच नेपालले उदाहरणिय काम गरेको बताउनु भयो । बेला बेलामा आईरहने यस्ता महामारीका कारण दैनिक जिवन निर्वाह कष्ठकर बन्ने बताउदै अर्काको आशमा भन्दा पनि अब नागरिकहरु व्यबसायीकता तर्फ उन्मुख हुनुपर्ने उहाँको भनाई थियो ।

गत आर्थिक वर्षमा जिल्लाका लिखु गाउँपालिका बाहेक सबै स्थानीय तहहरुले लकडाउन प्रभावित नागरिकहरुलाई खाद्यान्न सामाग्री उपलब्ध गराएपनि यसपटक भने कतैपनि खाद्यान्न सामाग्री उपलब्ध गराएको छैन । खाद्यान्न सामाग्रीहरुमा मूल्य बृद्धि आकासीएको अवस्थामा नागरिकहरुको दैनिक जिवन कष्टकर बन्न थालेपनि यसबारेमा स्थानीय सरकारहरुले भने खासै ध्यान नदिएका कारण सर्वसाभरण मारमा परेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…