Logo जेठ ३०, २०७८ आइतबार


यस्ता छन्, पशुपंक्षीबाट मानिसमा सर्ने खतरनाक दश सरुवा रोग

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पशुपंक्षीबाट मानिसमा सर्ने खतरनाक दश सरुवा रोगलाई प्राथमिकरण गरेको छ ।

मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाले ‘प्रथम जुनोटिक रोगको प्राथमिकिरण राष्ट्रिय कार्यशाला गोष्ठी’ले पशुपंक्षीबाट मानिसमा सर्ने १० जुनोटिक रोगलाई प्राथमिकीकरणमा राख्ने निर्णय गरेको हो ।

महाशाखाका अनुसार इन्फ्लुएन्जा (जुनोटिक इन्फ्लुएन्जा, सिजनल इन्फ्लुएन्जा), रेबिज, कोरोनाभाइरस, लेप्टोस्पाइरोसिस, बु्रसेलोसिस, सालमोनेलोसिस, लेस्मिनियासिस, जुनोटिक क्षयरोग, सिस्टिमर्कोसिस/हाईडाट्रिडोसि र टोक्जोप्लास्मोसिस रोग पशुपंक्षीबाट मानिसमा सर्ने सरुवा रोग हुन् ।

पशुपंक्षीबाट मानिसमा सर्ने रोगको सूचीकृत गर्दा उपचार र नियन्त्रण गर्न सजिलो हुने महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलको भनाइ छ ।

पशुपंक्षीबाट मानिसमा सर्ने रोगलाई जुनोटिक रोग भनिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…