Logo जेठ ३०, २०७८ आइतबार


दुई हजार रुपैयाँ तिरेर छुटे गणेश लामा

पोखरा । गुण्डा नाइके भनेर चिनिने गणेश लामा छुटेका छन् । उनी दुई हजार रुपैयाँ जरिवाना तिरेर छुटेका हुन् ।

गण्डकी प्रदेश सभामा विपक्षी गठबन्धनको पक्षमा देखिएका दीपक मनाङेलाई भेट्न गएका बेला लामा पक्राउ परेका थिए । नेपाली कांग्रेस निकट लामालाई हिजो प्रहरीले पोखरा लेकसाइडबाट पक्राउ गरेको थियो ।

लामालाई निषेधाज्ञा उल्लङ्घनको आरोपमा प्रक्राउ गरिएको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले लामालाई जरिवाना लिएर छाड्न प्रहरीलाई अनुमति दिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।