Logo असार १, २०७८ मंगलबार


स्वास्थ्यकर्मीकाे सुरक्षामा पूर्वसावधानी अपनाउन ‘स्वास्थ्यकर्मी–सुरक्षा योजना’ बनाउने निर्णय

काभ्रेपलाञ्चोक । जिल्लामा कार्यरत स्वास्थ्यकर्मीको सुरक्षामा पूर्वसावधानी अपनाइने भएको छ । कोरोना सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि हुनसक्ने गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न पूर्वसावधानी अपनाइने भएको हो ।

गत केही सातादेखि केही जिल्लाहरुमा कोरोना संक्रमितको उपचारमा सम्लग्न स्वास्थ्यकर्मीमाथि आक्रमण हुन थालेपछि काभ्रेपलाञ्चोकस्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)को आज (शुक्रवार) को बैठकले स्वास्थ्यकर्मीको सुरक्षामा पूर्वसावधानी अपनाउने निर्णय गरेको हो ।

कोरोनाका बिरामीको उपचारमा सम्लग्न स्वास्थ्यकर्मीमाथि हुनसक्ने गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न पूर्वसावधानी अपनाउन जरुरी देखिएकाले निर्णय गरी सुरक्षा योजना बनाउन थालिने केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो । उहाँका अनुसार जिल्लास्थित स्वास्थ्य तथा सुरक्षा निकायका प्रमुखको छलफलमा ‘स्वास्थ्यकर्मी–सुरक्षा योजना’ बनाइनेछ ।

सुरक्षायोजनाअन्तर्गत फ्रन्टलाईनमा खट्ने सबै स्वास्थ्यकर्मीलाई पूर्व–साबधानीका उपायबारे जानकारी दिइनेछ । “फ्रन्टलाईनमा खट्ने स्वास्थ्यकर्मीको सुरक्षा पनि प्रमुख विषय रहेकाले सुरक्षा योजना बनाउन आवश्यक देखियो” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…